जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–१९ शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन्।
कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा शनिबार राती ८ बजे उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुखिया उनका मामा भोगी मुखियाको पसलमा ५,७ जनाको समूहमा भेला भएर गफ गरिरहेको बेला गोली प्रहार भएको थियो। मुखियालाई उपचारका लागि राति नै काठमाडौं पठाइएको थियो। गोली प्रहार गरिएको पेस्तोल आज बिहान घटनास्थलबाटै बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ फागुन २०७८, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, १२ घाइते
बालकोटमा गोली चल्यो, २ जना घाइते
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार