काठमाडौँ । सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ ।
आइतबार करिब आठ बजेतिर अज्ञात समूहले प्रहार गरेको गोली लागेर भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीका इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको हो ।
सिरहाको सुखिपुर गाउँपालिका–३ बैशाखा स्थायी घर भएका उनी एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । परिवारका अनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी घरबाहिर बोलाएका थिए ।
बाहिर निस्कनेबित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । एक गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मंगलवा पुर्याइएको थियो । चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन् ।प्रहरीले घटनाबारे अनसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ फागुन २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार