काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अभ्यास खेलका लागि श्रीलंका जाने १६ खेलाडीको सूची सार्वजनिक गरेको छ ।
यसै महिना संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारी गर्न सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडी शनिबार श्रीलंका जाँदैछन् ।
नेपालले यूएईमा पपुवा न्युगिनी र घरेलु टोलीसँग त्रिदेशीय शृंखला खेल्नेछ । नेपालले गत महिना आइसीसी टी–२० विश्वकप क्रिकेटको छनोट खेलेको थियो ।
नेपाली टोलीः
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ फागुन २०७८, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति
क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर