काठमाडौ । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट प्राप्त गरेको आय-व्ययको विवरणको सार्वजनिक गरेको छ।
बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययको विवरण सार्वजनिक गरेको हो।
एनपीएलको पहिलो संस्करणबाट २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ आम्दानी गरेको क्यानले जानकारी दिएको छ।
कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ। जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन्।
राजस्व बाँडफाँडपछिको क्यानको शुद्ध नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ रहेको प्रवक्ता लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ साउन २०८२, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति
क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
क्यानले तोक्यो एनपीएलको टिकट दर