प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, ०८ : २०
प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार मकवानपुरको सुपारेटारस्थित नं. २८ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति शर्माले उक्त बाहिनी अड्‍डाको वस्तुस्थिति लगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गर्नुका साथै व्यारेक एरिया निरीक्षण तथा सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

यस्तै प्रधान सेनापति शर्माले बागमती प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग पनि भेटघाट तथा छलफल समेत गरेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस