काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदैछ। दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
दिउँसो १ बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुबै टोलीको लक्ष्य शीर्ष ६ मा टुंगाउने हुनेछ र दुबैको योजना जीत रहेको छ।
जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ। हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा छ। साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुनेछन्।
लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको कारण मनाङको लक्ष्य शीर्ष दुईमा रहने हुनेछ। एनआरटी तालिका सुधार गर्न चाहन्छ। मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा छ। एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै
फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा
त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज
नेपाली महिला टोली आज भुटानसँग भिडदै
साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै