काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा अझ सवल रुपमा लागिपर्ने बताएका छन् ।
‘नेकपा एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरेको थियो’, प्रजातन्त्र दिवसको शुभकामना दिँदै ओलीले शनिबार भनेका छन्, ‘संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्याइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं ।’
उनले २००७ साल फागुन ७ गते, आजकै दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेको स्मरण गर्दै यस अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।
उनले प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्ने अमर शहीदहरु शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायत सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण पनि गरेका छन् । ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजूट भई योगदान गर्न पनि आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ फागुन २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली