सुर्खेत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजना अब थप ढिलाइ हुन नदिई नतिजामुखी रूपमा सम्पन्न गरिने बताएका छन् ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–चिप्लेस्थित आयोजनाको बाँधस्थल तथा विभिन्न भौतिक संरचनाको स्थलगत निरीक्षण एवं अनुगमनपछि मन्त्री श्रेष्ठले सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गर्दै आयोजना समयमै सम्पन्न गर्न आवश्यक पहल गरिने बताए ।
उनले धेरैअघि सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको आयोजना थप ढिलाइ हुन नदिई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले स्थलगत छलफल गरिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०८३, १३ : १४
लेखकबाट थप