काठमाडौं । सरकारले अर्धवाषिर्क समीक्षामार्फतबाट बजेटको आकार घटाएको छ । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ । सरकारले सुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेरेर बजेट संशोधन गरेको हो ।
अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोडढ खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।
अब वित्तीय व्यवस्थातर्फको बजेट संशोधन गरेर १ खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ ।यो वर्ष प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो । कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष सुरुशको विनियोजनको ९४।७ प्रतिशत मात्रै खर्च गर्ने गरी बजेट संशोधन भएको हो ।
समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट प्रणाली मै समस्या रहेको बताए । बाँकी अवधिमा कार्ययोजना बनाएर काम उनको भनाइ छ । यो नयाँ अनुमानमा निर्वाचन खर्च, कोभिड खोप, अनिवार्य दायित्वलाइ यथावत राखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ माघ २०७८, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन