काठमाडौं । साताको पहिलो दिन आइतबार ४० अंकले घटेको शेयर बजार सोमबार भने दोहोरो अंकको सुधार देखिएको छ । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढेर २ हजार ८ सय ५१ दशमलव ८६ अंकमा पुगेको छ ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेको छ । नेप्से र सेन्सेटिभ परिसूचक दुबै सुधारिए पनि कारोबार रकममा भने उत्साह देखिएन । आइतबारको भन्दा पनि सोमबार कारोबार रकम घट्यो । आइतबार करिब ६ अर्ब पुगेको शेयर कारोबार रकम सोमबार भने ५ अर्बमा सीमित भएको छ ।
दिनभर भएका ६६ हजार ११३ कारोबारबाट २२४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब २ करोड २० लाख १७ लाख १८१ रुपैयाँमा सीमित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ माघ २०७८, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार