काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ ।
सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन । तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिएका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका हुन् । ‘प्रधानमन्त्रीज्यूले ४ जेठमै एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने जानकारी दिँदै तयार भएर लाग्न निर्देशन दिनुभएको छ,’ कांग्रेस बागमती प्रदेश समितिका एक नेताले भने ।
सरकारले स्थानीय तहको निर्वाचनको मितिबारे मंगलबार निर्वाचन आयाेगसँग छलफल गर्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ माघ २०७८, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको समृद्धिमा लगाउन देउवाको आग्रह
बजेटमा श्रमिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ : शेरबहादुर देउवा
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
गठबन्धन जसरी पनि टिक्छ, केही भएको छैन: देउवा
स्वदेश फर्किंदै देउवा दम्पती
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन