लण्डन । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।
उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो ।कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए । उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे ।
उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको थापाले जानकारी दिए । उनका एक छोरा र श्रीमती छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी
कतारमा २१ जना नेपालीले पाए माफी
दुर्घटनामा अमेरिकामा एक नेपालीको मृत्यु
एनआरएनएले गैरआवासीय नेपालीलाई नेपालका बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने
एनआरएनएद्वारा भरतपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण
आविष्कार केन्द्रलाई बेलायतबाट बीस लाख भन्दा बढी सहयोग