भक्तपुरमा एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले गरे आत्महत्या

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०८२, ०९ : ५२
भक्तपुरमा एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले गरे आत्महत्या

काठमाडौं । भक्तपुरमा दुई दिदी बहिनीले आत्महत्या गरेका छन् । मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टिटारमा आज बिहान  १७ की मेनुका कँडेल र उनकी बहिनी १५ वर्षकी सिर्जना कँडेलले आत्महत्या गरेका हुन् ।

सुर्खेत पञ्चपुरी नगरपालिका–८ का उनीहरू भक्तपुरमा डेरा गरेर बस्दै आएका थिए । 

“डेरा कोठाको प्यासेजमा एउटै नाइलनको डोरी फलामको डण्डीमा छिराएर दुईतिरको टुप्पोले घाँटीमा बेरी पासो लगाएर झुण्डिएको अवस्थामा दुवैजना मृत फेला परेका छन्,” जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले भने । 

के कारणले आत्महत्या गरेका हुन् भन्नबारे अनुसन्धान सुरु भएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस