श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०८२, ११ : ३०
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

काठमाडौँ । मोरङमा एक युवकले मंगलबार बिहान श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । 

रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

उनका अनुसार सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । ससुराली घरमै श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनले बताए ।   

प्रतिक्रिया दिनुहोस