४ क्रिकेट खेलाडीको कारबाही फिर्ता

सफल खबर संवाददाता

शुक्रबार, १४ माघ २०७८, ०७ : ५१
४ क्रिकेट खेलाडीको कारबाही फिर्ता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासन उलंघनसम्बन्धी कारबाहीमा परेका ४ खेलाडीको निलम्बन फिर्ता लिएको छ ।

संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना पुरुष खेलाडीलाई २०२२ को सेन्ट्रय कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने अघिल्लो बैठकको निर्णय संघले फिर्ता लिएको हो ।

क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । क्यानले कारबाही फिर्ता लिएपनि कप्तानमा भने सन्दीपलाई नै निरन्तरता दिएको छ । 

कारबाहीको विषयलाई लिएर खेलाडीहरुले तीव्र विरोध गरेका थिए भने सोपछि क्यानले कारबाही फिर्ता लिने सहमति गरेको थियो भने हाल आएर आधिकारिक रुपमै फिर्ता लिएको हो ।