परीक्षामा धाँधली भएको भन्दै बिहारमा रेलमा आगजनी

एजेन्सी

बुधबार, १२ माघ २०७८, १५ : २८
परीक्षामा धाँधली भएको भन्दै बिहारमा रेलमा आगजनी

एजेन्सी । भारतको बिहारमा रेलवे भर्ती बोर्डको परीक्षामा धाँधली भएको आरोप लगाउँदै भएको आन्दोलन तेस्रो दिन पनि जारी रह्यो ।

परीक्षार्थीहरुले आन्दोलनका क्रममा बुधबार गया रेलवे जक्शनको प्लेटफर्ममा ढुंगा हानेका थिए भने यार्डमा राखिएको यात्रुवाहक रेलमा पनि आगजनी गरेका छन् । आन्दोलनकारी विद्यार्थीले श्रमजीव एक्सप्रेसको इन्जिनमा पनि क्षति पुर्‍याएका छन् । बिहारमा रेलवे भर्ती बोर्डको (एनटीपीसी) परीक्षामा धाँधली भएको आरोप लगाउँदै परीक्षार्थीहरुले बिगत तीन दिनदेखि लगातार विरोध प्रदर्शन गर्दे आइरहेका छन् ।

रेलमा तोडफोड र ढुंगामुढा गर्न खोज्ने भीडलाई भारतीय प्रहरीले हवाई फायर गरेर तितर बितर पारेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । परीक्षार्थीहरुले लगातार विरोध गरेपछि रेलवेले बुधबारको परीक्षा स्थगित गरेको घोषाणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस