एजेन्सी । भारतको बिहारमा रेलवे भर्ती बोर्डको परीक्षामा धाँधली भएको आरोप लगाउँदै भएको आन्दोलन तेस्रो दिन पनि जारी रह्यो ।
परीक्षार्थीहरुले आन्दोलनका क्रममा बुधबार गया रेलवे जक्शनको प्लेटफर्ममा ढुंगा हानेका थिए भने यार्डमा राखिएको यात्रुवाहक रेलमा पनि आगजनी गरेका छन् । आन्दोलनकारी विद्यार्थीले श्रमजीव एक्सप्रेसको इन्जिनमा पनि क्षति पुर्याएका छन् । बिहारमा रेलवे भर्ती बोर्डको (एनटीपीसी) परीक्षामा धाँधली भएको आरोप लगाउँदै परीक्षार्थीहरुले बिगत तीन दिनदेखि लगातार विरोध प्रदर्शन गर्दे आइरहेका छन् ।
रेलमा तोडफोड र ढुंगामुढा गर्न खोज्ने भीडलाई भारतीय प्रहरीले हवाई फायर गरेर तितर बितर पारेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । परीक्षार्थीहरुले लगातार विरोध गरेपछि रेलवेले बुधबारको परीक्षा स्थगित गरेको घोषाणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १२ माघ २०७८, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको बिहारमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच बेपत्ता
बिहारमा एनडीए गठबन्धनलाई २०२ सिट, विपक्षी गठबन्धन ३५ सिटमा सीमित
आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै
बिहार चुनावअघि जेडीयूका १६ नेताहरू पार्टीबाट निस्कासित