राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको रु नौ लाख ९० हजारसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
राजविराज नगरपालिका–५ मा प्रदेश नं २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ माघ २०७८, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो
वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारे
बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघको बेवास्ता
धनुषामा युवक झुण्डिएको अवस्थामा फेला
मुग्लिङ-पोखरा सडकः पश्चिम खण्डबाट विस्तारको काम सुरु