काठमाडौं । यस हप्ता शेयर बजारमा उतार चढाव नै कायम रह्यो। आइतबारदेखि बिहीबारसम्मको समग्र कारोबारमा ७३.५९ अंकले नेप्से बढेको छ। अघिल्लो हप्ताको बिहीबार २ हजार ८५७.७५ मा रोकिएको नेप्से यस हप्ताको बिहीबार २ हजार ९३१.३४ बिन्दुमा पुगेर रोकिएको छ। अघिल्लो हप्ता नेप्से १६५.२९ अंकले बढेको थियो।
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ बिन्दुमा पुगेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि ११.८१ अंकले बढेर ५४२.६३ बिन्दुमा पुगेको थियो ।
२२९ वटा धितोपत्रको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैँयाँ बराबरको कारोबार भएको छ।मध्यभोटेकाशीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा अरुण भ्याल्ली हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ३२ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका १३ वटा समूहकै परिसूचकमा वृद्धि आएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २०.६४ अंकले बढेर २ हजार ९४७ बिन्दुमा पुगेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि ३.७० अंकले बढेर ५४६ बिन्दुमा पुगेको थियो ।२२४ वटा धितोपत्रको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँमा खरिद विक्री भयो ।
यस दिन पनि मध्यभोटेकोशी जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
पछिल्लो समय लगातार बढिरहेको शेयर बजार मंगलबार भने केही घटेको छ। नेप्से १० दशमलव ७८ अंकले घटेर दुई हजार नौ सय ३६ दशमलव ६६ विन्दुमा झरेको थियो ।
उत्पादन समूहको शेयर एक सय ८६ अंकले, विकास बैंकको एक सय ३०, माइक्रो फाइनान्स ८९, फाइनान्स समूह ६९, जीवन बीमा समूह १९८ र निर्जीवन बीमा समूहको शेयर १७८ अंकले घटेको थियो । बैंकिङ समूहको शेयर भने २२ अंकले बढेको छ।एक करोड ६० लाख कित्ता शेयर आठ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भए। सबैभन्दा धेरै अपी पावर कम्पनीको २८ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो।
सबैभन्दा धेरै मानुषी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ। समग्र बजार घट्दा पनि साम्लिङ पावर कम्पनीको शेयर साढे नौ प्रतिशत र मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ।
साताको चौथो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८ बिन्दुमा झरेको थियो । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेर ५३९ बिन्दूमा झरेको छ।
यस दिन २२८ वटा धितोपत्रको १ करोड १८ लाख ३७ हजार कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।२ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा अपि पावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २० करोड ३२ लाख २१ हजार रुपैयाँको शेयर खरिद विक्री भएको हो।
साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३३.०३ अंकले बढेर २ हजार ९३१ बिन्दुमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले बढेर ५४३.७४ बिन्दुमा रोकिएको छ।
२२९ वटा धितोपत्रको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँमा खरिद विक्री भएको छ।३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा मैलुङ खोला, तेह्रथुमपावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन्।
कारोबार रकमको आधारमा आइएमइ जेनेरल इन्स्योरेन्सले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २२ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, १५ : १३
लेखकबाट थप