जनकपुर। मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा परेको छ । प्रदेश सरकारले मधेश बलिदानी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिलामन्त्री भरतप्रसात साहले प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार बलिदानी दिवस मनाउन आज प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।
यसवर्ष सप्तरीको राजधानीमा आज विशेष कार्यक्रम गरी दिवस मनाइँदैछ । कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री साहले बताए ।
राजविराजमा हुने कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्री सहभागी हुनेछन् । मधेस प्रदेशमा मंगलबार पनि सार्वजनिक बिदा थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ माघ २०७८, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
मिथिलामा तीन दिन ‘होरी’
श्रमको मूल्य नपाएपछि पलायन हुँदै उखु किसान
मुख्यमन्त्री यादवले पाए विश्वासको मत
सामाजिक सुरक्षा कोषमा मधेश प्रदेशका ४७ स्थानीय तह आवद्ध
कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने