मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०८२, १४ : ०३
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल सुरक्षा निकायका उच्च अधिकारीसहित जनकपुर पुगेका छन्।

जनकपुरमा आयोजना हुने मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुने गृहमन्त्री तथा गृहसचिव राजकुमार श्रेष्ठसहितको सुरक्षा टोली त्यहाँ पुगेको हो । 

गोष्ठीमा आगामी निर्वाचनको सुरक्षा व्यवस्था, अन्तरनिकाय समन्वय र सम्भावित चुनौतीबारे छलफल हुने जानकारी प्रशासनलाई प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस