रौतहट । रौतहटस्थित विभिन्न ब्रान्डको नक्कली मोबिल बनाएर बिक्री गर्ने दुईजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राजदेवी नगरपालिका ९ का वीरेन्द्र सिंहका छोरा वर्ष २८ का राणा रोशन सिंह र सोही ठाउँका बालेश्वर सिंहका छोरा ४२ को हरेन्द्र सिंह रहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।
गौर त ब्रहर्वा पुल नजिक रोशन सिंहले सञ्चालन गरेको जय शिव शक्ति अटोमोबाइल पसलमा र सँगै रहेको सुधीर साहको घरमा गोदाम सञ्चालन गरी क्यास्ट्रोल, बजाज, हिरो होण्डा ब्रान्डको मोबिल बनाउने,अवैध रूपमा भित्र्याएर भण्डारण गरेको मोटरसाइकलका पार्टस्हरु कालोबजारी सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उक्त पसल र गोदाम बाट मोबिल भरिएको ३ हजार बट्टाहरू, खुल्ला मोबिल भरिराखेको २ सय लिटरको टिनको ड्रम २ थान र मोबिल राख्ने गरेको टिनको खाली ड्रम ९ थान बरामद गरेको छ ।
पक्राउ परेका रोशन सिंह र हरेन्द्र सिंह माथि कालोबजारी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अभियुक्त दुवैजना मिलेर पछिल्लो लामसमय देखि भारत बाट खुला मोबिल अवैधरुपमा भित्र्याएर विभिन्न ब्रान्डको मोबिलको खाली बट्टामा रिप्याक गरि सिल गरेर बिक्री गर्दै आएका थिए । यस प्रकारको नक्कली मोबिलको प्रयोगले मोटरसाइकल तथा अन्य चार पाङ्ग्रे सवारी साधनको इन्जिन चाँडो बिग्रिने जानकारहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ