उच्च अदालतको वीरगञ्ज इजलासमा न्यायाधीशसहित २३ जनालाई कोरोना संक्रमण

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १८ : ११
उच्च अदालतको वीरगञ्ज इजलासमा न्यायाधीशसहित २३ जनालाई कोरोना संक्रमण

file Photo

काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

एक न्यायाधीश, रजिष्टार, उपरजिष्टारसहितका कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो । ठूलो संख्यामा कर्मचारी संक्रमण भएपछि अदालतको कामकारबाही नै प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस