काठमाडौं । काठमाडौंमा गएराति वर्षा भएको छ । वर्षासँगै राजधानीमा बिहीबार केही चिसो महसुश भएको छ । बिहानपख भने वर्षा रोकिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
जसका कारण बिहीबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भूभागमा सामान्य बदली रहेको छ ।
प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो र रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ पुस २०७८, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना