आजको मौसम : अधिकांश भूभागमा सामान्य बदलीसंगै वर्षाको सम्भावना

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, ०७ : ५५
आजको मौसम : अधिकांश भूभागमा सामान्य बदलीसंगै वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंमा गएराति वर्षा भएको छ । वर्षासँगै राजधानीमा बिहीबार केही चिसो महसुश भएको छ । बिहानपख भने वर्षा रोकिएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

जसका कारण बिहीबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भूभागमा सामान्य बदली रहेको छ ।

प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ ।  महाशाखाका अनुसार बिहीबार दिउँसो र रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस