यस्तो रहनेछ आज देशभरको मौसम ?

सफल खबर संवाददाता

सोमबार, १८ जेठ २०८३, ०६ : ३३
यस्तो रहनेछ आज देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालको मौसममा विभिन्न वायुप्रणालीको मिश्रित प्रभाव देखिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव सक्रिय रहेको छ ।

यो मौसमी प्रणालीका कारण हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली भएको छ । देशका बाँकी तराई क्षेत्रमा भने आंशिक बादल लागेको छ । अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज सोमबार पनि देशभरकै मौसममा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने देखिन्छ । देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली हुनेछ । 

यो अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मौसम बिग्रने सम्भावना छ । महाशाखाका अनुसार ती क्षेत्रहरूका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस