काठमाडौँ । नेकपा एमाले अछामको ८ औँ जिल्ला अधिवेशन अन्तर्गतको मतदान प्रक्रिया सकिएको छ । गत शुक्रबार उद्घाटन भएको जिल्ला अधिवेशनमा २७ गते मतदान भएको थियो । जिल्ला सदरमुकाम मंगलसैनमा आज बिहान ९ बजेदेखि सुरु भएको मतदान राति साढे ८ बजे सकिएको हो ।
जिल्लामा ७ सय ६२ मतदाता रहेकोमा ७ सय ५० मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै रातिदेखि पार्टी कार्यालयमा मतगणना पनि सुरु गर्ने निर्वाचन समितिले जनाएको छ। एमाले अछामको नेतृत्वका लागि प्रकाश शाह र चन्द्र बहादुर बोहरा प्यानलसहित चुनावी मैदानमा छन् ।
दुबै टिमले आफूहरुले जित्ने दाबी गरेका छन् । शाह भीम रावल नजिकका हुन भने चन्द्र बोहरा केपी शर्मा ओली निकटका हुन् । बोहराको प्यानलबाट उपाध्यक्षमा भीम बिष्ट, सचिवमा आदर्श साउद, सह सचिवमा शेर बहादुर बुढा, डम्बर बिसी, रहेका छन् भने शाहको प्यानलबाट उपाध्यक्ष बल बहादुर कुँवर, सचिव भीम रावल (कालो टोपी) उप–सचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेद्धार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ पुस २०७८, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुन:स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप
एमालेमा किन अटाउन सकेनन पुष्पलाल देखि मदन भण्डारीसम्मका परिवार !
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने