काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली एपिएफ क्लब र जावलाखेल युथ क्लवबीचको खेल बराबरीमा टुंगिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आठौँ चरणको दोस्रो खेलमा एपिएफ र जावलाखेलबीचको खेल गोलरहित बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले एक एक अङ्क बाडेका छन् ।
खेलको निर्धारित समयसम्म दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि खेल गोलरहित बारबरीमा सकिएको हो ।
यस बराबरी खेलसँगै एपिएफले आठ खेलमा सात अङ्क जोडेको छ । एपिएफ अङ्क तालिकाको १०औँ स्थानमा रहेको छ । यता समान आठ खेल नै खेलेको जावलाखेलको आठ अङ्क भएको छ । जावलाखेल भने अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ पुस २०७८, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु
फुटबलर विमल घर्ती मगर बाँधिए वैवाहिक बन्धनमा
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने
महिला फुटबल टोली आज बंगलादेश जाने