काठमाडौं । काठमाडौमा लिभिङ टुगेदर बसेका एक युवक र युवती मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई कपनमा मृत अवस्थामा भेटिएका हुन् ।
कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत भेटिएका हुन् । युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ । केटाको घाँटीमा चक्कुले रेटेको चोट छ ।
गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् । अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई अस्पतालमा ल्याएका थिए । तर, अस्पतालमा उनको मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ पुस २०७८, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा रोल्पाका एक पुरुष मृत फेला
नवलपुरमा पोथी गैँडा मृत फेला
टेकु दोभानमा एक जना मृत फेला
तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी
चितवनको जङ्गलमा एक पुरुष मृत फेला
महिला झुण्डिएको अवस्थामा मृत फेला