जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ मा सभापति शेरबहादुर देउवा समूह वर्चश्व रहेको छ । नौ दाधिकारीसहित ६७ जना प्रदेश कार्यसमितिको लागि भएको निर्वाचन परिणाम देउवा पक्षमा देखिएको छ । देउवा समूहकबाहेक दुई जना मात्र विमलेन्द्र निधि र शेखर कोइराला समूहबाट सदस्यमा निर्वाचित भएका छन् ।
निधि–कोइराला समूहका खुला सदस्यमा जीवना चौधरी र महिला खुलातर्फ रेखा यादव निर्वाचित भएका छन् । त्यसबाहेक सबै पदमा देउवा समुहकै निर्वाचित भएको निर्वाचन समितिका एक पदाधिकारीले बताए । यद्यपि मतगाणा सम्पन्न भए पनि अहिलेसम्म निर्वाचन समितिले विजेताहरुको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
प्रदेश समितिका नौ जना पदाधिकारीमा सबै देउवा समूहले निर्वाचित भएका छन् । त्यसैगरी, खुला सदस्यमा १४ जनामा एक जना मात्र जीवननाथ चौधरी निधि कोइराला समूहका जितेका छन् भने बाँकी सबै सदस्य देउवा समुहकै रहेको बताइएको छ ।
त्यसैगरी, महिला खुलातर्फ निधि–कोइराला समुहकी रेखा यादव निर्वाचित भएकी छिन् । विभिन्न कलस्टरहरूमा पनि देउवा समूहबाट उम्मेदवारी दिएकाहरू निर्वाचित भएका छन् । यसरी ६७ जना कार्यसमितिमा ६५ जना देउवा समूहकै रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ पुस २०७८, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि