जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ मा सभापति शेरबहादुर देउवा समूह वर्चश्व रहेको छ । नौ दाधिकारीसहित ६७ जना प्रदेश कार्यसमितिको लागि भएको निर्वाचन परिणाम देउवा पक्षमा देखिएको छ । देउवा समूहकबाहेक दुई जना मात्र विमलेन्द्र निधि र शेखर कोइराला समूहबाट सदस्यमा निर्वाचित भएका छन् ।
निधि–कोइराला समूहका खुला सदस्यमा जीवना चौधरी र महिला खुलातर्फ रेखा यादव निर्वाचित भएका छन् । त्यसबाहेक सबै पदमा देउवा समुहकै निर्वाचित भएको निर्वाचन समितिका एक पदाधिकारीले बताए । यद्यपि मतगाणा सम्पन्न भए पनि अहिलेसम्म निर्वाचन समितिले विजेताहरुको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
प्रदेश समितिका नौ जना पदाधिकारीमा सबै देउवा समूहले निर्वाचित भएका छन् । त्यसैगरी, खुला सदस्यमा १४ जनामा एक जना मात्र जीवननाथ चौधरी निधि कोइराला समूहका जितेका छन् भने बाँकी सबै सदस्य देउवा समुहकै रहेको बताइएको छ ।
त्यसैगरी, महिला खुलातर्फ निधि–कोइराला समुहकी रेखा यादव निर्वाचित भएकी छिन् । विभिन्न कलस्टरहरूमा पनि देउवा समूहबाट उम्मेदवारी दिएकाहरू निर्वाचित भएका छन् । यसरी ६७ जना कार्यसमितिमा ६५ जना देउवा समूहकै रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ पुस २०७८, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र