कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०८२, ०८ : १७
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी

काठमाडौं ।  प्रतिपक्षी दल नेपाली कांग्रेसको वैधानिकता विवादमा आज सर्वाेच्च अदालतमा पेशी छ । निर्वाचन आयोगले गत माघ २ गते विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको कार्यसमितिलाई बैधानिकता दिएपछि शेरवहादुर देउवा पक्ष सर्वाेच्च अदालत पुगेको थियो । 

गत फागुन २१ को चुनावमा देउवा पक्षका कतिपय नेताहरुले गगन थापाले नै हस्ताक्षर गरेको टिकट लिएर चुनाव समेत लड्न पुगेका थिए । अदालतले आधिकारिकता विवाद टुंग्गो नलगाउँदासम्म विभाजित कांग्रेस बनाउन उचित नहुने निश्कर्षसहित देउवा पक्षका केही नेता गगन थापाकै हस्ताक्षरमा चुनाव लड्न पुगेको देउवा पक्षका नेताहरुको भनाई छ । 

आयोगेको निर्णय विरुद्द देउवा र तत्कालीन कार्यबाहक सभापति पुर्णबहादुर खडकाले सर्वोच्च अदालतमा रिट हालेका थिए । अदालतले यसबारेमा निर्णय लिनका लागि आज पेशी तोकिदिएको थियो । विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको कुनै प्रमाणित कागजपत्र बिना नै निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएको आरोप देउवा पक्षको छ । 

अदालतको आदेश पछि मात्र आफुहरुले के गर्ने भन्ने निर्णयमा पुगने देउवा पक्षको तयारी छ । उसले यो विचमा १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक, जिल्ला सभापतिहरुको बैठक समेत गर्ने तयारी गरेको थियो । तर धेरैजसो नेताहरुले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकको सटटा भेला नामाकरण गरी छलफल गर्न सुझाव आएपछि त्यसै गरेको थियो ।

जिल्ला सभापतिहरुको बैठक भने अदालतको निर्णयपछि बस्ने तयारी गरेको छ ।