काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनको कार्यकाल सकिनै लाग्दा आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो ।
यसक्रममा आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ । आयोगका पदाधिकारीले प्रधानमन्त्रीसमक्ष स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्ने गरी दुईवटा मिति प्रस्ताव गर्न लागिएको जानकारी दिए । 'निर्वाचन आयोगको टोलीले आज प्रधानमन्त्रीसमक्ष चुनावको तयारीलगायत मिति पनि प्रस्ताव गर्दैछ,' उनले भने, 'यसमा क्याविनेटले डिसिजन गर्छ ।'
आयोगले एक चरणमै निर्वाचन गर्न सरकारलाई सुझाव दिँदै २० गते वा २२ गते मतदान गर्ने मिति तोक्न प्रस्ताव गरेको छ । यसबारेमा आज प्रधानमन्त्रीसँग छलफलपछि टुंगो लाग्नेछ ।
त्यसैगरी दुई चरणमा गर्ने हो भने पहिलो मतदान वैशाखको १२ वा १४ गते तोक्न सुझाइएको छ । दोस्रो चरणको भने २०/२२ गते नै गर्न सकिने भनिएको छ । कम्तिमा एक साता ग्याप राखेर दुई चरणमा गर्ने आयोगको प्रस्ताव छ । 'वैशाखको १२ र २२ गतेको बीचमा सक्नेगरी अगाडि बढेका छौं,' प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया