आधारभूत सेवा प्रवाह गर्न वडा कार्यालयहरुको निर्माण अभियानकै रुपमा अगाडी बढाएका छौँ : मेयर दाहाल

४ बर्षमा १३ वटा वडा कार्यालयको नयाँ भवन निर्माण

सफल खबर संवाददाता

मंगलबार, ०६ पुस २०७८, १३ : ४८
आधारभूत सेवा प्रवाह गर्न वडा कार्यालयहरुको निर्माण अभियानकै रुपमा अगाडी बढाएका छौँ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगरवासीको आधारभूत सेवा प्रवाह गर्न वडा कार्यालय भवनहरू निर्माण गर्ने कार्यलाई अभियानकै रूपमा लिएर आगाडी बढाएको बताएकी छिन । भरतपुर महानगरपालिका वडा न ५ को वडा कार्यालय भवनको उदघाटन गर्दै उनले बितेको ४ बर्षमा महानगरपालिकाले १३ वटा वडा कार्यालय भवन नयाँ निर्माण गरि संचालनमा ल्याएको बताईन । 

बॉकी जिर्ण वडा कार्यालयहरू मर्मत संभार गरि आधुनिक बनाईएको भन्दै यसका लागि ३५ करोड बजेट वडा कार्यालयहरू निर्माणमा  खर्च गरिएको बताईन् ।भरतपुर महानगरपालिकाले वडा कार्यालयका अलवा विद्यालय भवन निर्माण ,पूननिर्माण र शैक्षिक गुणस्तर वृद्दिमा समेत उल्लेख्निय कामहरू सम्पन गरेको बताईन् । ‘भरतपुर अहिले विकासको एउटा मोडलको रूपमा विकास हुँदै गएको छ’, उनले भनिन, ‘ यसका लागि साथ सहयोग गर्ने नगरवासीहरू प्रति आभार व्यक्त गर्दछ ।’

सिटीहल ,रिङरोड (लिङरोड) ,छ लेन सडक लगायतका गौरवका आयोजनाहरू धमाधम अगाडी बढिरहेको बताउँदै गौतमबुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशाला ,भरतपुर बिमानस्थल विस्तार तथा नारायणी नदीको तटबन्धनपनि छिट्टै अगााडी वढ्ने बताईन् । कृषि ,पर्यटन ,स्वास्थ्य क्षेत्रले भरतपुरमा गुणात्मक फड्को मारेको भन्दै उनले शुसासन आफ्नो एकमात्र लक्ष्य भएको बताईन ।

यस्तै कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी उप प्रमुख पार्बती शाह ठकुरीले वडा भवन समयमै गुणस्तरिय ढंगले निर्माण सम्पन्न गरि संचालनमा ल्याएकोमा धन्यवाद व्यक्त गरिन् । उनले भनिन , ‘हामिले हाम्रो कार्यकालमा के कति काम गर्यौ त्यो तपाईहरूको अाँखा अगाडी रहेको छ , त्यस्को मूल्याङ्कन तपाइहरु आफै गरिदिनुहोला ।’

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्दु सुवेदीले महानगरपालिकाले देशका अन्य पालिकाहरूले अनुशरण गर्नुपर्ने थुप्रै नविनकामहरू गरिरहेको भन्दै यसबाट गर्व गर्नुपर्ने बताए । सो अवसरमा उनले व्यवस्थित र सुबिधा सम्पन्न वडा कार्यालय भवन संचालनमा आएकोमा खुसी व्यक्त गरे । 

यस्तै कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडा अध्यक्ष अरूणपिडित भण्डारीले अन्तिम समयमा पुगेको जनप्रतिनिधिहरुको टिमले भरतपुरको बृहत्तर विकासको उच्चतम नमुना प्रस्तुत गरेको बताए । उनले नगरप्रमुखको कुशुल नेतृत्वको  कारण मात्र काम सम्भव भएको बताए ।

वडा न २१ का वडा अध्यक्ष चित्रसेन अधिकारीले महानगरपालिका प्रमुख रेनु दाहाल नेतृत्वका टिमले भरतपुरको समग्र विकासमा ठूलो फड्को मारेको भन्दै स्थानियहरूकै समन्यमा भब्य र आधुनिक वडा कार्यालय निर्माण भएकोमा खुसी भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै महानगरपालिकाकी आर्किटेक ईन्जिनियर अस्मिता खनालले महानगरपालिकाले ४ बर्षमा वडा नं ५ ,१७, २४,१२,१०,२,२३,२९,१३,८, ७,२८ गरि १२ वटा वडा कार्यालयहरूको निर्माण सम्पन्न गरी संचालनमा आएको र त्यसका लागि २० करोड खर्च भएको बताईन  । अन्य वडा कार्यालयहरू करिब १४ करोडको खर्चगरी व्यवस्थित र सुबिधा सम्पन्न बनाई संचालनमा ल्याएको उनले बताईन ।

१ करोड ८७ लाखेमा निर्मित ३ तले भवनमा बेसमेन्ट पार्किङ सहित मिटिङ हल ,कार्यालय कोठा १२ वटा  रहेको छन । साघुरो  र जिर्ण रहेको भवन भत्काई नयॉ अत्याधुनिक भबन बनेसंगै सेवाग्राहीहरूले  सहज र व्यवस्थित सेवा पाउने वडा नं ५ का वडा अध्यक्ष पदमपाणि सुवेदीले बताए । कार्यक्रममा  स्थानिय बुद्दिजिवि र  राजनितिक दलका प्रतिनिधिहरूले व्यवस्थित  वडा कार्यालय निर्माण गरी संचालनमा ल्याएकोमा भरतपुर माहानगरपालिका प्रमुख तथा वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस