काठमाडौँ । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो ।
एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए । उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो ।
यस्तै आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आउन लागेकोे छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताए । नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सत्ताइस हजारभन्दा बढी पशुलाई लम्पी स्किनविरुद्ध खोप
कर्णाली पूर्णखोप प्रदेश घोषणा : ३४ हजार छ सय ७१ बालबालिकाले लगाए खोप
बाँझोपनको हल्लाले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन उदासीन
४० प्रतिशतले लगाए क्यान्सरविरुद्धको खोप, असोज ५ गतेसम्म अभियान जारी रहने
भदौ २७ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने
पाठेघरको क्यान्सरविरुद्धको खोप १४ वर्षका किशोरीलाई दिइने