काठमाडौं । कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ। दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान साढे ९ बजे सकिएको हो ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो ।
कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् । प्रारम्भिक हिसाब अनुसार कुल ४ हजार ५ सय ६३ मत खसेको छ ।
मतदान सकिएसँगै प्राविधिक विषय मिलाएपछि मतगणना आजै सुरु गर्ने तयारी छ । यसअघि निर्वाचन समितिले १० बजेपछि मतगणना थाल्ने जनाएको थियो । तर मतदान ढिला गरि सकिएकाले गणना सुरु गर्न केही ढिलाइ हुने देखिएको छ । मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, २१ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान