मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, २१ : ५१
मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने

फाइल फोटो

काठमाडौं । कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ। दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान साढे ९ बजे सकिएको हो । 

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो । 

कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् । प्रारम्भिक हिसाब अनुसार कुल ४ हजार ५ सय ६३ मत खसेको छ । 

मतदान सकिएसँगै प्राविधिक विषय मिलाएपछि मतगणना आजै सुरु गर्ने तयारी छ । यसअघि निर्वाचन समितिले १० बजेपछि मतगणना थाल्ने जनाएको थियो । तर मतदान ढिला गरि सकिएकाले गणना सुरु गर्न केही ढिलाइ हुने देखिएको छ ।  मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस