काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लामो अन्तरालपछि प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन्।
उनले रोल्पा जिल्ला को परिवर्तन गाउँपालिका-३, केवरीस्थित थुनीकोट माध्यमिक विद्यालय मा रहेको ‘क’ मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन्। मतदानपछि उनले शान्ति र स्थायित्वको अपेक्षासहित मतदान गरेको प्रतिक्रिया दिएका छन्।
लामो समयदेखि निर्वाचन प्रक्रियाको बहिष्कार गर्दै आएका चन्दले यसपटक भने मतदान गरेको बताए। उनका अनुसार उनले करिब १८ वर्षपछि निर्वाचनमा सहभागी हुँदै मत दिएका हुन्।
वि.सं. २०४५ मा उनको परिवार कपिलवस्तु जिल्ला तर्फ बसाइसराइ गरेको भए पनि उनको मतदाता नामावली भने जन्मस्थान इरिबाङ, रोल्पा मै कायम रहेको थियो।
चन्दले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिका कारण यसपटक मतदान गर्ने इच्छा भएको बताए। उनले संविधानमा संशोधन गरी जनताले प्रत्यक्ष रूपमा प्रधानमन्त्री चयन गर्न सक्ने व्यवस्था भएमा राजनीतिक स्थायित्व सम्भव हुने धारणा पनि व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान
माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नरहेको नेकपाको निष्कर्ष
माधव नेपाल र ‘विप्लव’बिच भेटवार्ता