राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

सफल खबर संवाददाता

विहीबार, २१ फागुन २०८२, १२ : ०४
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले हल्दिबारी–१ स्थित वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । 

झापा निर्वाचन क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत डिल्लीराम प्रसाईकाअनुसार अध्यक्ष लिङ्देनले वडा कार्यालयको मतदान केन्द्रमा पुगेर आज बिहान ७:३० बजे मतदान गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस