मुगु । छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले पनि मतदान गरेका छन् ।
छायानाथ रारा नगरपालिका–१ निवासी दिवंगत ९३ वर्षीया रुपा मल्लका छोराहरू ललिजङ, राजन र विनोद मल्लले उक्त मतदान केन्द्रमा मतदान गरेका हुन् ।
त्यसैगरी, सोही वडाकी अर्की दिवंगत ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १४ : ०१
लेखकबाट थप