प्रधान सेनापति र बेलायतका राजदूतबीच भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १५ : ५२
प्रधान सेनापति र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

सोमबार जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।  यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस