काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले एमालेमा जस्तो लिस्ट कहिले आउँछ भनेर कांग्रेस कार्यकर्ताले कुरेर बस्नु नपर्ने बताएका छन् ।
सोमबार हुन लागेको कांग्रेसको महाधिवेशन अन्तर्गतको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा थापाले एमाले महाधिवेशनका क्रममा नारायणी किनारमा बसेका एमाले प्रतिनिधिले होटलबाट अध्यक्ष केपी शर्मा ओलीको लिस्ट कहिले आउँछ भनेर कुरेर बसेको र त्यस्तो अवस्था कांग्रेसमा नहुने बताए ।
नारायणीको तिरमा घामा तापिरहेको एमाले कार्यकर्ताको ध्यान होटलमा थियो, लिस्ट कहिले आउँछ भनेर' उनले भने, 'यहाँ बाले पढ्ने लिस्टको कुनै अर्थ छैन । महाधिवेशनको सुन्दरता छ ।'
उनले यो कांग्रेस भित्रै प्रतिस्पर्धा भएको भन्दै भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको बताए ।
'भोलि हाम्रो भाग्य के हुने भन्ने छ न अनुपम न वालुवाटारमा बसेर हुन्छ। हाम्रो तागत भृकुटीमण्डपमा छ' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ मंसिर २०७८, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल