बुटवल । लुम्बिनीमा लुम्बिनी सांस्कृतिक नगरपालिका(१ स्थित भगवानपुर (खुनगाई) मा पाँच करोड रुपैयाँको लागतमा रामजानकी हनुमान मन्दिरको निर्माण थालिएको छ । विवाह पञ्चमीको अवसर पारेर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे ।
धर्म संस्कृतिको संरक्षण र संम्वर्द्धनका लागि रामजानकी हनुमान मन्दिर निर्माण गर्न लागिएको मेयर मनमोहन चौधरीले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त साझेदारीमा पाँच करोड ३१ लाख ९९ हजार ४२ रुपैयाँको लागतमा मन्दिर निर्माण सम्पन्न हुनेछ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका इञ्जिनियर राजेश कोहारले एक बिघा एक धुर क्षेत्रफलमा मन्दिर बन्ने बताए । उनका अनुसार रामजानकी मन्दिर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिङ, शौचालय, पोखरी, ब्रिज र बाउन्ड्री वाल मन्दिर निर्माण हुनेछन् ।
दुई हजार वर्गफिटमा बन्ने मन्दिर आकर्षक डिजाइनमा तयार हुने पनि कोहांरले बताए । मन्दिर शिलान्यासमा राम जन्मभूमि अयोध्याको पवित्र माटो र सीताराम नामक इँटा राखिएको छ । बाबुल लुम्बिनी सांस्कृतिक एशोसिएट प्रालिले उक्त मन्दिर निर्माणका लागि १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको नगरपालिकाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ मंसिर २०७८, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीको दोस्रो जित, पोखरा पराजित
लुम्बिनीलाई जितका लागि पोखराले दियो १५१ रनको लक्ष्य
सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्दै लुम्बिनी
एनपिल : ब्याटिङ नचल्दा काठमाडौंसँग हार्यो लुम्बिनी
लुम्बिनीले टस जित्यो, काठमाडौँले पहिले ब्याटिङ गर्ने
एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य