काठमाडाँ । वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानूनी सम्पत्ति फेला परेको छ ।
स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाको छानबिन गरेको थियो । छानबिनका क्रममा रु एक करोड ६४ लाख ८९ हजार ७०० बराबरको सम्पत्तिको स्रोत फेला पर्न सकेन । आयोगका अनुसार विसं २०४० फागुन ६ गतेदेखि २०७५ चैत ३० गतेसम्म पदमा रहँदा थपलियाले रु एक करोड दुई लाख ८२ हजार २५८ बराबरको वैध आय गरेको देखिन्छ । उनले रु दुई करोड ६७ लाख ७१ हजार ९५८ बराबरको खर्च तथा लगानी गरेको पुष्टि भएको छ ।
सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानूनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घरजग्गा र बैंक खातामा जम्मा गरेको पाइएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनका श्रीमती मुना पन्त थपलिया विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा