काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएपछि निर्वतमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् । हालै पार्टीको सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेपछि थापा पूर्वराजपरिवारमाथि खनिएका हुन् ।
महाधिवेशनको नेतृत्व चयनका लागि भएको मतदानको परिणाम आइतबार बिहान आएसँगै थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह लागिपरेको भन्दै आक्रोश व्यक्त गरे ।
तर, यसको केही घण्टापछि निवर्तमान अध्यक्ष थापा ज्ञानेन्द्रकी छोराबुहारी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार बिहान ८ः४२ बजे हिमानीले राप्रपा अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मुलुकले सच्चा राष्ट्रवादी नेता पाएको बताइन् ।
हिमानी ट्रष्टको अध्यक्ष उल्लेख गरिएको हिमानी शाह ट्वीटर ह्याण्डलमा आइतबार बिहान ८ः४२ बजे ट्वीट गरिएको थियो– अवसरबाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना । राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ ।
लिङ्देनको जितलाई मुलुकले राष्ट्रवादी नेता पाएको उल्लेख गरेपछि निर्वतमान अध्यक्ष थापाले पनि ट्वीटरबाटै हिमानीलाई मेन्सन गर्दै अब चाँडै राजसंस्था पुनर्स्थापित हुने हुँदा हिमानी शाहलाई हार्दिक बधाई तथा शुभकामना भनेर जवाफ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ मंसिर २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा