नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा पनि ओमिक्रोन संक्रमित फेला परेका छन् । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका फर्किएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पाइएको हो ।
संक्रमितको अहिले नयाँ दिल्ली स्थित लोकनायक अस्पतालमा उपचार भइरहेको छ । योसहित भारतमा अहिलेसम्म पाँच जनामा ओमिकोन भेरियन्टको संक्रमण फेला परेको छ ।
यस अघि शनिबार गुजरातको जामनगर र महाराष्ट्रको मुम्बईमा ओमिक्रोन संक्रमित फेला परेका थिए । यो भन्दा अघि कर्नाटकमा ओमिक्रोनका दुई संक्रमित फेला परेका थिए ।
ओमिक्रोन संक्रमित निरन्तर फेला पर्न थालेपछि भारतको बिभिन्न शहरहरुमा जोखिम बढ्दो छ । हालसम्म विश्वका ३८ देशमा ओमिक्रोन संक्रमित फेला परे पनि अहिलेसम्म कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ मंसिर २०७८, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, १० दिनमा तेस्रो पटक वृद्धि
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा