नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा पनि ओमिक्रोन संक्रमित फेला परेका छन् । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका फर्किएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पाइएको हो ।
संक्रमितको अहिले नयाँ दिल्ली स्थित लोकनायक अस्पतालमा उपचार भइरहेको छ । योसहित भारतमा अहिलेसम्म पाँच जनामा ओमिकोन भेरियन्टको संक्रमण फेला परेको छ ।
यस अघि शनिबार गुजरातको जामनगर र महाराष्ट्रको मुम्बईमा ओमिक्रोन संक्रमित फेला परेका थिए । यो भन्दा अघि कर्नाटकमा ओमिक्रोनका दुई संक्रमित फेला परेका थिए ।
ओमिक्रोन संक्रमित निरन्तर फेला पर्न थालेपछि भारतको बिभिन्न शहरहरुमा जोखिम बढ्दो छ । हालसम्म विश्वका ३८ देशमा ओमिक्रोन संक्रमित फेला परे पनि अहिलेसम्म कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ मंसिर २०७८, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु