रोजगारीको प्रमुख गन्तव्य बन्यो कतार

पत्रपत्रिकाबाट

सोमबार, ०६ मंसिर २०७८, ०७ : ४३
रोजगारीको प्रमुख गन्तव्य बन्यो कतार

काठमाडौं । चालू  आर्थिक  वर्ष २०७८-७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर  वैदेशिक  रोजगारीमा  जानेको  सङ्ख्या  एक लाख  ३६  हजार  पुुगेको  छ।  

CG Hills

वैदेशिक  रोजगार विभागका  अनुसार  कात्तिकमा  करिब  ५५  हजार, असोजमा  ४०  गरी  ९५  हजार,  साउन  र  भदौमा ४१  हजार  ४१  ले  श्रम  स्वीकृति  लिएर  विदेश गएका छन्। पछिल्लो   कात्तिक   महिनामा   ५०   हजार ६२३  पुरुष  र  चार  हजार  २९५  महिला  गरी ५४  हजार  ९१  जनाले  श्रम  स्वीकृति  लिएको विभागले  जनाएको  छ।  कात्तिकमा  श्रम  स्वीकृति लिएकामध्ये  ३०  हजार  १८  जनाले  पहिलो  पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ। 

विभागका  अनुसार  चालू  आवको  साउनमा २५  हजार  ४२८  र  भदौमा  १६  हजार  ४००, असोजमा ४० हजार र कात्तिकमा ५५ हजारले श्रम स्वीकृति  लिएका  छन्।  यो  सङ्ख्या  गत  आर्थिक वर्षको सुरुको चार महिनाभन्दा तेब्बरले बढी हो।  चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका  लागि  धेरैको  रोजाइमा  कतार  भएको छ।  सो  अवधिमा  ५०  हजारभन्दा  बढी  श्रम स्वीकृति  लिएर  कतार  गएका  छन्।

 कतारपछि साउदी  अरब  जान  लगभग  ४२  हजारले  श्रम स्वीकृति  लिएका  छन्।  त्यस्तै  संयुक्त  अरब इमिरेट्स  (यूएई),  मलेसिया,  कुुवेत,  ओमान  र बहराइनलगायतका देश छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस