बढ्दै वैदेशिक रोजगारीमा ठगी

पत्रपत्रिकाबाट

आइतबार, ११ साउन २०८२, ०७ : २६
बढ्दै वैदेशिक रोजगारीमा ठगी

काठमाडौ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ७९० उजुरी दर्ता भएका छन् ।

गत आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा पाँच हजार २७ वटा अर्थात् करिब ४० प्रतिशतले बढी हो । 

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भने भेटिँदैन । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस