नेपालीलाई अर्को रोजगारीको अवसर, बेलायतले १० हजार नर्स लैजाँदै

पत्रपत्रिकाबाट

शनिबार, ०४ मंसिर २०७८, ०८ : ०६
नेपालीलाई अर्को रोजगारीको अवसर, बेलायतले १० हजार नर्स लैजाँदै

काठमाडौं ।  रोजगार  तथा  सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि  १०  हजार  स्टाफ  नर्स  पठाउने  तयारी  भएको  जानकारी दिएका छन् । 

नेपालमा बेरोजगार अवस्थामा रहेका स्टाफ नर्स  पठाउनका  लागि  सम्झौताको  तयारी  गरिरहेको  जानकारी दिएका हुन् ।  शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले बेलायतजस्तो अन्य आकर्षण सुरक्षित गन्तव्य देशको पनि खोजी गरिरहेको जानकारी दिए ।  

म  मन्त्रालयका  सचिव  सूर्यप्रसाद  गौतमल बेलायतको सन्दर्भमा नेपाली नर्स पठाउनका  लागि  श्रमिक  मैत्री  सम्झौता  गर्ने  विषयमा  सम्बन्धित सरोकारवालासँग  छलफल  गरिरहेको  र  यसमा  छिट्टै  टुुङ्गो लाग्ने  बताए ।

 सचिव  गौतमले  यसअघि  सम्झौता भएका   तर   समय   सकिएका   मुुलुकहरूको   पनि   सम्झौता पुनरवलोकन गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।