हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ च ११९३ नंको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अबिरल रिजालको मृत्यु भएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा परी गम्भिर घाइते उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । रिजालको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ मंसिर २०७८, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु