ट्रम्पका विशेष दूत सर्जियो गोरले भेट्न पाउँलान् त प्रधानमन्त्री बालेन्द्र शाह ?

सफल खबर संवाददाता

विहीबार, १७ बैशाख २०८३, ०८ : ५६
ट्रम्पका विशेष दूत सर्जियो गोरले भेट्न पाउँलान् त प्रधानमन्त्री बालेन्द्र शाह ?

काठमाडौं । भारतका लागि अमेरिकी राजदूत तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण र मध्य एसियाका लागि विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौं आईपुग्दै छन् । 

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको झण्डै दुई तिहाईको सरकार बनेपछि नेपाल भ्रमणमा आउन लागेका उनी अहिलेसम्मकै उच्च अधिकारी हुन् । हुन त यस अगाडी अमेरिकाका सहायक विदेशमन्त्री समीर पल कपुरपनि नेपालको तीन दिने भ्रमण सकेर फर्किसकेका छन् । 

उनी भन्दा पनि भारतस्थित अमेरिकी राजदूत सर्जियो गोर अमेरिकी सरकारको उच्च अधिकारीका रुपमा चिनिन्छिन् । उनको राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष सम्पर्क जोडिने गरेका कारण पनि उनलाई उच्च अधिकारीका रुपमा चिनिन्छिन् ।

रास्वपाको सरकार बनेयता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राजदूतहरु र अन्य अधिकारीहरुसँगको भेट्घाटमा रुची नदेखाएपछि दश दिन अगाडी मात्रै नेपाल आएका सहायक विदेशमन्त्री कपुर पनि प्रधानमन्त्री नभेटी त्यक्तिकै फर्केका थिए । 

आज साँझ काठमाडौं आउन लागेका सर्जियो गोर तीन दिन नेपाल बस्नेछन् । उनी शनिबारसम्म नेपालमा रहनेछन् । यो अवधीमा प्रधानमन्त्री बालेनसँग प्रधानमन्त्रीको उपयुक्त समयमा भेटका लागि अमेरिकी पक्षले विभिन्न च्यानलमार्फत कोसिस जारी राखेको छ । यधपी, प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयले यसबारेमा ठोस जवाफ दिईसकेको छैन । प्रधानमन्त्रीले अहिलेसम्म सर्जियो गोरलाई भेटने बारेमा कुनै संक्ेत दिएका छैनन । 

प्रधानमन्त्रीले नेपालस्थित विभिन्न देशका राजदूत, विदेशस्थित नियोगका प्रतिनिधिहरुसँग सामुहिक एक चरण भेटवार्ता गर्नुबाहेक अन्य विदेशी अधिकारीलाई भेटघाटको अवसर दिएका छैनन । सर्जियो गोरले प्रधानमन्त्री बालेनसँग भेटका लागि रास्वपाकै पार्टी च्यानलपनि प्रयोग गरेको छ । तर, प्रधानमन्त्रीले भेट्ने बचन दिएका छैनन । जसकाकारण सहायक विदेश मन्त्री कपुर जस्तै उनीपनि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग मात्र भेट गरेर फर्किनुपर्ने सम्भाबना उत्तिकै देखिएको छ ।

प्रधानमन्त्री बालेनले भने जतिसुकै र जुनकुनै च्यानलबाट भेटका लागि अनुरोध आएपनि स्वीकार नगरी नभेटने नितिमै अडिग देखिएका छन् । सर्जियो गोर वाशिंगटनमा बलियो व्यापार र लगानी सम्बन्ध भएको अमेरिकी अधिकारी पनि हुन् । सोही कारण नेपालमा नयाँ सरकारले वैदेशिक लगानी भित्राउने विषयमा सहज कानुन निर्माणमा प्राथमिकता दिएमा अमेरिका नेपालमा लगानी ल्याउन तयार छ भन्ने सन्देश गोरले दिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस