प्रधानन्यायाधीश जबरा सर्वोच्चभित्र प्रवेश

सफल खबर संवाददाता

आइतबार, २८ कार्तिक २०७८, ११ : ०५
प्रधानन्यायाधीश जबरा सर्वोच्चभित्र प्रवेश

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।

आइतबार बिहान प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनका आन्दोलनरत कानुन व्यवसायीले सर्वोच्च प्रवेशमा रोक लगाउने रणनीतिका साथ मूल गेटमै धर्ना दिएपछि जबरा वैकल्पिक गेटबाट अदालतभित्र प्रवेश गरेका हुन् । यसअघि शुक्रबार पनि कानुन व्यवसायीले धर्ना दिँदा प्रधानन्यायाधीश उक्त वैकल्पिक गेटबाटै  अदालत छिरेका थिए । 

प्रतिक्रिया दिनुहोस