काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले शर्मालाई सो पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन सार्वजनिक आह्वान गरेको हो ।
समितिले एक सूचना जारी गर्दै प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको छ । उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्नेछ । यद्यपि, उजुरीकर्ताले चाहेमा उसको नाम गोप्य राखिने व्यवस्था गरिएको छ ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमताको परीक्षण गरेपछि मात्रै नियुक्तिको प्रक्रिया अघि बढ्ने संवैधानिक व्यवस्था छ ।
उजुरी प्राप्त भएमा समितिले ती उजुरीमाथि छलफल र छानबिन गर्नेछ र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ बैशाख २०८३, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै
वरिष्ठतम न्यायाधीश मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
भारतीय प्रधानन्यायाधीश किन आउँदैछन् नेपाल ?