चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति सचिवालय सदस्य एवम् चितवन जिल्ला सह–इन्चार्ज, बागमती प्रदेश सभाका सदस्य, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल (अविनाश) लाई मातृशोक परेको छ । उनको आमा नेकपा (माओवादी केन्द्र) का पार्टी सदस्य गंगामाया दाहालको आज ७९ वर्षको उमेरमा आफ्नै निवास कृष्णपुरमा असामयिक निधन भएको छ ।
गंगामाया दाहाल वि सं १९९९ मा कास्की जिल्लामा जन्मेकी थिइन् । दाहाल परिवार २०३१ सालमा चितवनको माडीमा बसाइँसराइ गरी आएको थियो । उनको परिवार भरतपुर ७ कृष्णपुरमा रहेको छ । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा एक कुशल कर्मठ इमान्दार योद्धा जन्माउने आमाको देहवसानले क्रान्तिकारी कम्यूनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको नेकपा माओवादी केन्द्र चितवनले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला पार्टी पंक्ति स्तब्ध एवम् मर्माहत हुन पुगेको नेकपा माओवादी चितवन अध्यक्ष यमबहादुर परियारले बताए । लामो समयदेखि दम रोगबाट पीडित आमाको उपचारको क्रममा निधन भएको हो । दिवंगत आमाले ८ छोरी र २ छोरालाई जन्म दिएको थिइन् । जसमध्ये कान्छा छोरा ऋषिराम दाहाल दिवंगत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ कार्तिक २०७८, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सभा: दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
बागमती प्रदेश सभा चैत २४ गते बस्ने
बागमती प्रदेश सभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार
बागमती प्रदेश सभा बैठक अनिश्चित
बागमती प्रदेश सभाको बैठक अनिश्चित
जेनजी आन्दोलनबाट बागमती प्रदेश सभामा ३५ करोड बराबरको क्षति